हस्त चाैलागाइ ।
कालिकाेट, १५ वैशाख (जागरण) । पछिल्लो समय कालीकोटका नौ वटै स्थानिय तह छाउपडी प्रर्था विरुद्धमा लागका छन् । स्थानिय तहले विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत छाउपडि प्रथाविरुद्ध लागेपछी जिल्लाका महिला पनि यसको अत्न्य तर्फ सक्रिय भएका छन् । महिलाहरु नै छाउगोठ भत्काउने अभियानमा लागेपछि विस्तारै छाउप्रथा कम भएको छ । रेडियो चंखेली कालीकोटबाट हस्त चौलागाँइको रिपोर्ट
कालिकोटका स्थानीय तहहरुमा अहिले छाउपडि प्रथा विरुद्धको अभियान चलिरहेको छ । जिल्लाका नौ वटै स्थानिय तहले छाउप्रथा विरुद्धको अभियान चलाएका हुन् ।
छाउपडिप्रथा विरुद्ध जनचेतना मुलक कार्यक्रम संचालन भएसँगै महिलाहरुले आफ्नो स्वास्थ्य तर्फ ख्याल पनि गर्न थालेको छन् । रास्कोट नगरपालिका वडा नं.५ का छाया केसी ।
महिनावारी भएको समयमा गोठमा सुत्ने चलन जिल्लामा अझै पनि कायमै छ । यो चलन अन्त्यका लागी स्थानिय सरकार सँगै जिल्लामा महिला पनि सक्रिय भएका छन् । जिल्लामा महिनावारी भएको समयमा गोठमा सुत्दा धेरै विरामी पर्ने गरेका छन् ।
त्यस्ता घटनालाई मध्यनजर गर्दै अहिले पुरुषहरु पनि छाउपडि प्रथा विरुद्धको अभियानमा साथ दिन थालेका छन् । सान्नी त्रिवेणी गाउँपालिका रकु निवासी नमराज सुवेदी ।
महिनावारी महिलाहरुलाई हुने प्राकृतिक चक्र हो । महिनावारी भएको समयमा छाउगोठमा राख्नु पनि दण्डनिय हो । मानव अधिकारकर्मि तुलाराम पाण्डे
महिनावारी हुँदा घरमा नै बसेमा देउता रिसाउने भन्ने चलन अन्धविश्वास मात्र हो । यो समयमा परिवारले पोसिलो खानेकुरा खान दिने र विशेष ध्यान दिने गर्नुपर्दछ ।