भेरीगंगाबाट अवैध काठ बरामद

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको भेरीगंगाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।
कर्णाली प्रदेश प्रहरी व्युरो र ईलाका प्रहरी कार्यालय छिन्चुको संयुक्त टोलीले भेरीगंगा नगरपालिका २ सत्तरीबाट ६३ दशमलव ८८ क्यु फिट सालको चिरान काठ बरामत गरेको हो ।
अवैध काठसहित प्रहरीले सत्तरीका ३१ बर्षिय बिरोध ओलिलाई पनि नियन्त्रणमा लिएको समाचार रेडियो भेरीगंगाले पठाएको छ ।
बरामद गरिएको काठ इलाका बन कार्यालय छिन्चुलाई बुझाईएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रबिन्द्र कुमार मल्लले जानकारी दिनुभयो ।