रारा प्रवेश गर्दा आन्तरिक पर्यटकले पनि शुल्क तिर्नुपर्ने

मुगु, ९ कात्तिक (जागरण) । मुगुको रारा ताल प्रवेश गर्न अबदेखि आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने भएकोे छ । ]रारा राष्ट्रिय निकुञ्जले रारा ताल प्रवेशको लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिन थालेको हो ।
रारा ताल पुग्ने सबै व्यक्तिसँग निकुञ्जले एक सय रुपैयाँ शुल्क लिएको रारा पर्यटन विकास समितिका अक्ष्यक्ष तथा रारा मुर्मा होमस्टेका सञ्चालक देविकृष्ण रोकायाले जानकारी दिनुभयो ।
रारामा अहिले दैनिक १ हजार देखि १५ सय सम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।