सल्यान, ९ कात्तिक (जागरण) । सल्यानका अधिकांश गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई सास्ती भएको छ । अधिकांश ठाउँमा मोबाइल नेटवर्कले काम नगर्ने भएकाले स्थानीय बासिन्दा लामो समयदेखि सास्ती भोग्न बाध्य भएका हुन् ।
गाउँमा टेलिफोन नेटवर्कले काम नगर्दा स्थानीय बासिन्दालाई डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता छ ।
जिल्लाका १० स्थानीय तहमध्ये छत्रेश्वरीको जयचौर, त्रिवेणी, दार्मा गाउँपालिका र बाग्चौर नगरपालिकाको बाफुखोलाका स्थानीयवासी लामो समयदेखि टेलिफोन सुविधाबाट वञ्चित भएका छन् ।