प्रभा रावत ।
सुर्खेत, २३ कात्तिक (जागरण) । ढकमक्क फूलेका फूल भनेर सम्झिने वित्तिकै हाम्रो मन त्यसै प्रफूल्ल हुन्छ । फूलले उत्साह ल्याएको हुन्छ । अझ अहिले तिहारको बेला फूलको महत्व धेरै हुन्छ । फूलको प्रयोगले मात्रै होइन, यहाँ फूलकै व्यापारले आम्दानी हुन थालेपछि फूल व्यवसायीको मन पनि प्रफुल्ल पारिदिएको छ । अहिले फूल व्यवसायीहरुलाई व्यापारमा भ्याईनभ्याई छ ।
सुर्खेतको वीरेन्द्रनगर ७ मा रहेको बस्नेत नर्सरीमा यतिबेला ढकमक्क फूल फुलीरहहेका छन् । नर्सरीको गेट बाट भित्र प्रवेश गर्नेबितिकै फुलहरुले स्वागत गर्छन् । त्यहाँ पुग्ने जो कोहीको मन लोभिन्छ ।
नर्सरीमा फलेको यि फूलहरुले तिहारको रौनक बढाएका छन् । नर्सरीमा हजारी, मखमली, गोदावरी जस्ता ३५ प्रजातीका फुलहरु फूलहरु छन् ।
तिहारको बेलामा फूलको माग बढी हुने गर्दछ । त्यसैले पनि अन्य समयको तुलनामा नर्सरीका मालीक नवराज बस्नेत हिजोआज व्यस्त हुनुहुन्छ ।
यसपाली तिहार बिगतमा भन्दा केही ढिला परेकाले सबैका बारीमा फूल छैनन् यसकारण पनि यो वर्ष फूलको माग बढेको बस्नेत बताउनुहुन्छ ।
वस्नेतले केही फूलका विरुवा आफ्नै नर्सरीमा उत्पादन गर्दै आउनुभएको छ भने केही बाह्य जिल्लाबाट पनि ल्याउने गर्नुभएको छ । सुर्खेतमा नै पहिलो पटक नर्सरी व्यबसाय सुरु गर्नुभएका बस्नेतले ३ लाखबाट यो व्यवसाय सुरु गर्नुभएको थियो । यसबाट अहिले मासिक २५ देखी ३० हजार सम्म उहाँले आम्दानी गर्दै आउनुभएको छ ।
आफ्नो पेसाबाट निकै सुन्तुष्ट बन्नुभएका बस्नेत यो व्यवसायलाई थप विस्तार गर्ने योजनामा पनि हुनुहुन्छ । नर्सरी सञ्चालनमा ल्याएपछि उहाँले बजारको मागलाई हेरेर अन्य व्यक्तिलाई रोजगारी पनि दिने गर्नुभएको छ ।
बिगत १६ बर्षयता नर्सरी व्यबसाय गर्दै आउनुभएका उहाँलाई नर्सरीमा रहेका विभिन्न प्रजातिका फूलमा लागेको रोगको उपचार पनि आफै गर्नुहुन्छ ।
बस्नेतले सिजँन अनुसारको फूलहरु उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय कुर्षी खेतीमा युवा पलायन हुदैँ जाने गरेको उहाँको बुझाई छ । उहाँको अनुभवमा नर्सरी व्यबसाय गर्दा चुनौती पनि त्यतिकै छन् । कृर्षी खेतीतर्फ सरकारले चासो नदिएको उहाँको गुनासो छ ।
फूल, न रिस, न राग । जस्तो सुकै अबस्थामा पनि, फूलले खुसी छरिरहन्छन् । रिसलाई शान्त पार्छन, खुसीहरु थपिदिन्छन् र तनाबबाट मुक्त गरेर व्यक्तिलाई मनलाई शान्त पार्ने शक्ति फूलमा हुन्छ ।
फूल गलामा लगाउने, गमलामा राखेर आँगन सजाउने मात्र हैन, यसको व्यवसायिक खेती गर्न सके परिवारको जिवन स्तर नै उकास्न सकिन्छ ।
अडियो सुन्नुहोस्ः