ओलाम्पिक एशिया छनौटमा नेपालले आज म्यानमामरसँग खेल्दै

काठमाण्डौँ, २५ कात्तिक (जाागरण) । ओलम्पिक अन्तर्गत एसिया छनौट फुटबलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार आज वेलुकी ५ बजेदेखि सुरु हुनेछ । समूह सी मा रहेको यस खेलमा घरेलु टोली म्यानमारले बंगलादेशमाथि ५–० को जित निकाल्दै स्पष्ट ३ अंक जोडिसकेको छ ।
यसैगरी, दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ । आजको खेलमा म्यानमारलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुने छ भने पराजित भएमा अन्तिम खेलमा बंगलादेशसमाथि जित्नै पर्ने दबाब हुने छ । नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।