कामचोर शिक्षकलाई कारबाही गर्ने मन्त्रीकोे भनाईप्रति जनताको आवाज (अडियो सहित)

सुुर्खेत, २६ कात्तिक (जाागरण) । शिक्षकहरुमाथि राजनीतिमा संलग्न भएको आरोप पहिलेबाट लाग्दै आएको छ । राजनीतिक दलको झोला बोक्ने र जागिर खाने गरेको आरोपबाट शिक्षकहरु मुक्त हुन सकेका छैनन् । यही कारणले शैक्षिक गुणस्तर नै खस्केको भन्दै बेलाबेला बहस हुने गरेको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले अब काम नगर्ने र दलमा आबद्ध भएकै आधारमा शिक्षकको जागिर नजोगिने चेतावनी दिनुभएको छ । यसै विषयमा हामीले मन्त्री पोखरेलको यो भनाइ तपाइँलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौं ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः