मनपरी भाडा लिनेलाई कारबाही गर्न सवारी चेकजाँचमा कडाई

वुद्धी पुन । 

सल्यान, २६ कात्तिक (रेडियो राप्ती) । सल्यानमा सार्बजनिक सवारी साधनहरुले मनपरी भाडा लिने गरेको गुणासो बढेपछि सवारी चेकजाँचमा कडाई गरिएको छ ।
ट्राफिक प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीले अहिले जिल्लाका बिभिन्न स्थानहरुमा चेक प्वाईन्ट नै स्थापना गरेर चेकजाँचको कामलाई तिव्रता दिएका छन् ।
जिल्लाको श्रीनगर, कपुरकोट, थारमारे, सल्लीबजार, बाबियाचौर लगाएतका ठाँउहरुमा सवारी चेकजाँच गर्न थालिएको हो ।
यसैबिच ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्नुका साथै लिएको बढी भाडा सम्बन्धित व्यक्तिलाई फिर्ता गराउन थालेको छ ।