साझा अवधारणा ल्याउन कर्णाली समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते हुने

सुर्खेत, ७ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते गर्ने भएको छ । सरकारले बैठकलाई लाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।


प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्य लगायतका विषयमा साझा अवधारणा तयार गर्न लागि बैठक बस्न लागेको हो ।
प्रदेश समन्वय परिषद वैठकमा प्रदेश समन्वय परिषदको साझा प्रतिवद्धता पत्र मस्यौदा तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।