सुर्खेत, ६ माघ (जागरण) । दैलेख निर्वाचन क्षेत्र नं. १ को विद्यार्थी एकता समाज कर्णाली प्रदेशको अध्यक्षमा पदम खड्का चयन हुनुभएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रिय क्याम्पस सभाहलमा भएको दैलेख जिल्ला क्षेत्र न. १ का विद्यार्थीको एक भेलाबाट दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा न ३ का पदम खड्का अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
खड्काको अध्यक्षतमा गठन गरिएको एकता समाजको वरिष्ठ उपाध्यक्षमा प्रकाश अधिकारी, उपाध्यक्षमा आदर्शबिक्रम सिंह निर्मल अधिकारी, महासचिब शरोज न्यौपाने, सचिव दिपेन्द्र कुमार बि.सी. र सह–सचिवमा नविन चन्द, राजन सापकोटा, पुजा रिजाल रहेका छन् ।
यस्तै कोषाध्यक्षमा अनिता खड्का तथा सदस्यहरुमा प्रतिभा खड्का, प्रदिप न्यौपाने, नारायण पाण्डे, दिवस खत्री, आयुष केसी, लोकेन्द्र खड्का मिना वि.सी., चन्द्र वि.सी., रोहीत वि.सी., डम्मर बिष्ट रहेका छन् ।
समाजको सल्लाहकारमा पत्रकार दीपेन्द्र ओली, उपप्रध्यापक विष्णु खड्का, डा. शुसिल शाही, रेशम विष्ट, बिर बहादुर शाही रहेको बताइएको छ ।
समाजले दैलेखबाट अध्ययनका लागि गएका विद्यार्थीकहरुको समस्या समाधानको पहल गरिने समाजका अध्यक्ष खड्काले बताउनुभयो ।