दैलेख, १८ फागुन (जागरण) । दैलेखको गुराँस गाउँपालिकाका युवाहरुलाई व्यवसायिक परामर्श गरिने भएको छ ।
वेरोजगार युवाहरुको तथ्याङ्क संकलन गरी कार्यदलमार्फत् केही रोजगारीको समेत सृजना गरिसकेको गुराँस गाउँपालिकामा अव व्यवसायतर्फ युवालाई केन्द्रित गराउन परामर्श गरिने भएको हो ।
गाउँपालिकाभरका ८ वटै वडामा दुई–दुई दिनको परामर्श कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो । भोली फागुन १९ गतेदेखि शुरु हुने परामर्श कार्यक्रम चैत चार गते सकिने ओलीको भनाई छ ।
गाउँपालिकाका लघु उद्यम शाखा र पशुपंक्षी शाखाले स्थानिय गैरसरकारी संस्था एभरेष्ट क्लवसँगको साझेदारीमा वडानम्वर ८ मा फागुन १९ र २० गते परामर्श गरिने छ ।
यस्तै वडानम्वर ७ मा फागुन २१ र २२ गते, वडानम्वर ६ मा फागुन २३ र २४ गते, वडानम्वर ५ मा फागुन २५ र २६ गते, वडानम्वर ४ मा फागुन २७ र २८ गते, वडानम्वर ३ मा फागुन २९ र ३० गते, वडा नं. २ मा चैत १ र २ गते तथा वडा नं. १ मा चैत ३ र ४ गते परामर्श कार्यक्रम हुने छ ।