वि.सी. नेकपामा प्रवेश

सुर्खेत, २९ फागुन (जागरण) ।  वीरेन्द्रनगर १२ का कमल विसी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
लामो समय कम्यूनिष्ट आन्दोलनमा लागि विगत तीन बर्षदेखि निष्कृय रुपमा वस्दै आएका विसीलाई नेकपा कर्णाली प्रदेशका सचिव माया प्रसाद शर्मा ‘पारसमणि’ ले मंगलबार नेकपामा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि आफ्नो भनाई राख्दै विसीले विगतमा आफ्नो पारिवारीक जिम्मेवारीका कारण राजनीतिमा सक्रिय हुन नसकेको र अब नेकपामा रही राजनीति मार्फत समाजसेवा गर्ने बताए । उनले नेपाली जनताको मुक्तिका लागि नेकपा नै अबको शक्ति भएकोले नेकपा र सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाल नारामा साथदिँदै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विसीलाई नेकपामा स्वागत गर्दै नेकपा कर्णाली प्रदेश सचिव शमाले नेपाली जनताका अपेक्षा पूरा गर्न नेकपाको अभियानमा सामिल भइ अघि बढ्न सुझाव दिए । विसी २०५९ देखि तत्कालिन नेकपा माओवादीमा पूर्णकालिन भई काम गरेका थिए भने शान्ति प्रक्रियामा आइसकेपछि जिल्लामा विभिन्न जिम्मेवारीमा रही काम गरेका थिए । मोहन वैध नेतृत्वमा एनेकपा माओवादीबाट अलगिएपछि उनी सोही पार्टीमा रही काम गरेका भएपनि विगत तीन बर्षदेखि निष्कृय रुपमा बसेका थिए । विसीलाई प्रदेश पार्टि कार्यालयमा सचिव आचार्यसहित प्रदेश सदस्य अमृत विसी, जीतबहादुर राना दानसिं सुनार, प्रदेशसभा सदस्यहरु ठम्मर बिष्ट, पद्मा खड्का, हरिमाया शर्मा लगायतले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।