अभिलेख महोत्सव सुरु

सुर्खेत, १५ चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा अभिलेख महोत्सव सुरु गरिएको छ । राष्ट्रिय अभिलेखालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा अभिलेखहरुको संरक्षण, दैनिक कार्यका क्रममा सृजना हुने रेकर्डहरुको महत्व र तिनिहरुको संरक्षण सम्बन्धि जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा फोटो प्रर्दशनि, पुस्तक प्रर्दशनि र अभिलेख सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने छ । राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले देशमा छरिएर रहेका राष्ट्रिय महत्वका अभिलेखहरु संकलन, संरक्षण, र जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।


महोत्सवमा पाँचौँ शदाब्दिदेखिका हस्तलिपि ग्रन्थहरु, साहित्यलागयतका महत्वपूर्ण फोटोहरु प्रर्दशिन गरिएको छ ।
यस्तै महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णालीको खस सभ्याता, विभिन्न ठाउँमा छरिएर रहेका महत्वपूर्ण शिलालेख, ढुङ्गेदेवलहरुको संरक्षणमा जोड दिनुभयो ।