कर्णाली प्रदेश अस्पताल अव तीन सय शैयाको बन्दै

सुर्खेत, २३ चैत (जागरण) । कर्णाली प्रदेश अस्पताल अब प्रेशण अस्पतालको रुपमा स्तरउन्नती हुने भएको छ । प्रदेश सरकारले वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताललाई प्रेशण अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
आज बसेको मन्त्रीपरिषद बैठकले शिक्षण अभ्यास सहित तीन सय शैयाको बनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभएको छ ।
यस्तै कर्णाली प्रदेश सरकारले प्रदेश नं २ का हावाहुरी प्रभावितका लागी १ करोड रकम सहयोग गर्ने निर्णय गरेको छ  प्रभावितका लागी राहत स्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
विनाशकारी हावाहुरीबाट बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको थियो । ६ सय ७६ जना घाइते भएको र एक हजार ८ सय ९५ घरमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।