कर्णाली प्रदेशको संसद वैठक भोली, निती तथा कार्यक्रम पेश हुने

सुर्खेत, ९ वैशाख (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सरकारको निती तथा कार्यक्रम पेश गर्नुभएको छ ।
शनीबारको मन्त्री परिषद् वैठकबाट स्वीकृत भएको निती तथा कार्यक्रम प्रदेश प्रमुख खनाल समक्ष मुख्य मन्त्री शाहीले पेश गर्नुभएको हो ।
मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
आईतबार बिहान भएको भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले चालु आर्थिक वर्ष २०७४/७५को लागि प्रदेश सरकारको नीती तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।
सोमबार वस्ने कर्णाली प्रदेशको संसद वैठकमा प्रदेश प्रमुख खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।