काठमाण्डौं, १३ वैशाख (जागरण) ।
नेपालीको प्रतिव्यक्ति औसत वार्षिक आम्दानी एक हजार अमेरिकी डलर नाघेको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुगेको हो ।
हिजोको अमेरिकी डलरको मूल्यमा विनिमय गर्दा यो नेपालको प्रतिव्यक्ति आय १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ हुन्छ ।
गएको वर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८ सय ६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीको प्रतिव्यक्ति आय थप सुधार हुँदै १ सय ३८ डलरले बढेको हो ।