यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ

डोल्पा, १३ वैशाख (जागरण) ।
हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्र कागमारा हिमालबाट उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पाँच महिला र दुईजना पुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ ।
पक्राउ पर्नेमा जगदुल्ला गाँउपालिका वडा नं ४ छाँचुका ३० बर्षिया युवराज बुढा,मुड्केचुला गाँउपालिका ८ ओक्टका १६ बर्षिया ओम बहादुर रोकाय,जुम्ला जिल्ला गोठिचौर गाँउपालिकाका वडा नं १ बस्ने ४६ बर्षिया सुर्य बस्नेत,सोही ठेगानाकै २४ बर्षिया चन्द्रलोक सिँह बस्नेत,सोही ठेगानाकै २४ बर्षिया युवराज बस्नेत,सोही ठेगानाकै बर्ष १८ की संगिता बस्नेत र सोही ठेगानाकै १८ बर्षिया पबित्रा बस्नेत रहेको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिनुभयो ।
उनीहरू अवैधरुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्न गए पनि उनीहरूले यार्सागुम्बा टिप्न नपाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषी ठहर गरेर बोलाएको खण्डमा उपस्थित हुने गरी प्रतिव्यक्ति रु १० हजार धरौटीमा छोडिएको छ ।