जव किशोरीहरुले फोहोर नगर्न विन्ती गरे…

सुर्खेत, २५ साउन (जागरण) । दिउसो ३ बजे । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १२ मा एक हूल किशोरीहरुको टोली आयो । टोलीमा टोल विकास संस्थामा आवद्धहरु पनि लामवद्ध छन् । कोहीले बाटो वरिपरी रहेको फोहोर उठाइरहेका छन् भने कतिपयले घर घरमा पुगेर फोहोर व्यवस्थापनका विषयमा विन्ती गरिरहेका छन् ।
वडानम्वर १२ का किशोरी तथा टोल विकास संस्थाहरुमा आवद्ध व्यक्तिहरु समाज जागरण केन्द्र (स्याक) नेपालको स्थापना दिवसको सन्दर्भमा साताव्यापी कार्यक्रमअन्तर्गत सरसफाईमा जुटेका हुन् ।

नौलो टोल विकास समिति, शिव नगरटोल, मिलिजुली, इन्द्रिेणी र संगम किशोरी संवाद केन्द्र, स्याक नेपालका पदाधिकारी र कर्मचारी तथा जागरण एफ. एम. को टीमसँगै सरसफाईको काम भएको छ । नागरिकको सामाजिक, आर्थिक विकासका लागि काम गरिरहेको स्याकको वार्षिक उत्सव तथा साधारणसभाको अवसरमा टोल सरसफाईमा सवै एकजुट भएर लाग्दा छुट्टै प्रकारको उत्साह मिलेको सहभागिहरुले बताएका छन् ।