सुर्खेतमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिने भएको छ ।
कोभिड (१९ महामारी संक्रमण जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा विरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समिक्षा समेत गरेको छ ।
कोभिड(१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्दिजिबी, नागरिक समाज लगायत सबै जिम्मेवार पक्षले आ–आफ्नो तर्फबाट निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै जोखिम कम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्न समितिले आह्वान गरेको छ ।
कोरोनाको बढ्दो संक्रमण, नियन्त्रण, रोकथाम तथा उपचारलाई सहज र संक्रमण नियन्त्रणका लागि गत बैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा जारी गरिएको थियो ।