कालिकोटमा खाद्य समस्या नआउने

कालिकोट, २ असोज (रेडियो चंखेली) । सडक संज्जाल जोडिएपछि कालिकोटमा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ ।
स्थानीय बजारहरुमा संस्थानको भन्दा स्तरीय चामल सबैतिर उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो ।
कर्णाली राजमार्गको स्तरोन्नतिसँगै कालिकोटका ग्रामीण भेगसम्म सडक जोडिएपछि गाँउघरमै स्थानीय व्यापारमा वृद्धि भएको छ ।
बढ्दो प्रतिस्पर्धाका कारण ब्यापारीहरुले खाद्यकै मुल्यमा बजारको चामल गाँउघरमा विक्री गर्दा संस्थानको चामल थन्किएको हो ।
यता, कालिकोटको ग्रामीण क्षेत्रमा केहि व्यापारीहरुले मनपरी मुल्यमा खाद्य वस्तुहरु बेच्ने गरेको पाइएको छ । व्यपारीहरुले मुल्यमा मनपरी गर्दा नागरिकहरुदलाई भने समस्या भएको छ ।
यस्तै, कालिकोटमा तीनतारे होटल निर्माण हुने भएको छ । होटल व्यवसायी संघ कालिकोटका अध्यक्षसमेत रहेका जनकबहादुर शाहीलगायतको टोलीले करिब ६ करोड लगानीमा तीनतारे होटल निर्माणको तयारी थालेको हो ।