अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते

बैशाख २१ रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । शुक्रबार आज आठविसकोट नगरपालिका वडा नम्बर ९ स्थित खहरेपिपलमा रा१ह ४८०२ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो । आठविसकोट नगरपालिका १० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा अटोमा सवार सात जना घाइते भएको […]

Continue Reading

जुम्लामा भोलिदेखि अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन

बैशाख २१, जुम्ला । जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो । ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित सम्मेलन गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिनुभयो । […]

Continue Reading

कर्णाली सरकारले पायो पूर्णता, ६ जना मन्त्रीलाई नियुक्त

वैशाख, १८ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिनुएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिनुभएको हो । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका तीन÷तीन […]

Continue Reading

इलाम र बझाङमा आज उपनिर्वाचन

वैशाख १४, इलाम÷बझाङ । इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्भयका साथ मतदानमा भाग लिन निर्वाचन आयोगले […]

Continue Reading

कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा मात्रै १७ करोड बढीको लगानी

बैशाख १४, सुर्खेत । कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा मात्रै १७ करोड २७ लाख लगानी गरिएको कृषि विकास निर्देशनालय जनाएको छ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि १७ करोड २७ लाख १० हजार भन्दा बढी रकम लगानी गरेको हो । कृषि विकास निर्देशनालय सुर्खेतले चैत मसान्त सम्म २६ दशमलव ६ प्रतिशत […]

Continue Reading

तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्

बैशाख १४, काठमाण्डौ । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन । आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

Continue Reading

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

बैशाख १३, डोल्पा । हिमाली जिज्ला डोल्पामा आउँदो जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो । बैठकले यार्सा सङ्कलन […]

Continue Reading

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

वैशाख १२, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले […]

Continue Reading

दैलेखमा एउटै बँदेलले सात जनालाई टोक्यो

बैशाख ११, दैलेखमा । दैलेखमा  रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पु¥याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले टोकेको छ । एउटै बँदेलको टोकाइबाट सात जना घाइते भएका छन् । घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा टोलका बारीमा गहुँ काट्दै […]

Continue Reading

दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन

बैशाख १०, काठमाण्डौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । अघिल्लो हप्ता वैशाख ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईलाई निर्देशन दिएको हो । सामुदायिक विद्यालयमा कार्यरत […]

Continue Reading