कृषिमा कर्णालीः दुई हजार दुई सय हेक्टरमा सिँचाइ, दूध उत्पादन बढ्दो

टेकराज केसी ।
सुर्खेत, १३ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारले २ हजार २ सय ९२ हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याइएको बताएको छ ।
प्रदेश राजधानी सुर्खेतमा आज आयोजना गरिएको एक कार्यक्रममा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि र पशुपालनमा उल्लेख्य प्रगती गरिएको बताएको हो ।
मन्त्रालयको तथ्याङ्क अनुसार हाल सम्म ७ सय ४९ जटा साना तथा मझौला सिचाइ योजनाहरुको निर्माण गरिएको छ भने ३४ हजार ४ सय ९५ जनालाई प्रत्यक्ष रोजागरी दिइएको छ ।
यसैगरी २ सय ३४ वटा कृषि सडक निर्माण भइ १८ हजार १ सय ८४ जनाले प्रत्येक्ष रोजगारी पाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मन्त्रालयले सुर्खेत जिल्लाको भेरीगंगा नपामा २ सय मेटिैक टनको शितभण्डार निर्माण सम्पन्न गरि संचालनमा ल्याएको भन्दै कृषि क्षेत्रमा धेरै कामहरु भएको दाबी गरेको हो ।
हालसम्म १० वटा सकलन केन्द्र निर्माण गएिको भन्दै मन्त्रालयका रमेश खड्काले यसले गर्दा तरकारी संकलन तथा बजारीकरणमा सहयोग पुगेको बताउनुभयो ।
यसैगरी पशुपन्छि तर्फ उल्लेख्य काम भएको मन्त्रालयले जनाएको छ । प्रदेशको दुध उत्पादन तर्फ आर्थिक बर्ष (०७४÷७५) को तुलनामा ९.८ प्रतिशतले बृद्दि भइ करिब १ लाख १३ हजार लिटर उत्पादन भएको जनाइएको छ ।
मासु उत्पादन तर्फ वृद्धि भएको जनाइएको छ । आर्थिक बर्ष (०७४÷७५) को तुलनामा १४.७ प्रतिशतले बृद्दि भइ करिब २६ हजार टन मासु उत्पादन भएको खड्काले बताउनुभयो ।
पशुपालन व्यबसाय प्रबर्धन तर्फ कुल ४ सय ४९ वटा पकेट क्षेत्र स्थापना गरी संचालनमा ल्याइएको बताइएको छ ।
हालसम्म १२ वटा दुग्ध चिस्यान केन्द्र र ८ वटा दुग्ध प्रबर्धन कार्यक्रमबाट १७ हजार ९० कृषकहरुबाट बार्षिक ९८ हजार मेर्टिक टन दुध उत्पादन भएको जनाइएको छ ।
यसैबिच, कर्णालीका सरोकारवालाहरुले पोषण सुधारका लागि खाद्य सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छन ।
खाद्य तथा पोषण सुरक्षा सम्बन्धी प्रादेशिक सरोकारवालाहरु बिच समन्वय बैठकमा सहभागी भएका उनिहरुले कृषि उत्पादनमा जोड दिन नीति परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन ।
उनिहरुले स्थानीय तहको कार्य क्षमता बढाएर जानुपर्ने भन्दै अनि मात्र खाद्य तथा पोषणमा सुधार हुने बताएका छन ।
कार्यक्रममा बोल्दै पोषण सुरक्षा कार्यक्रमका बजार व्यवस्थापक राज कुमार न्यौपानेले कृषि नीतिमा परिमार्जन गर्न आवश्यक रहेको भन्दै खाद्य सुरक्षा र पोषण सुधारमा पर्याप्त बजेट छुट्याउनुपर्ने बताउनुभयो ।
उहाले माथिल्लो कर्णालीका पाँचवटा जिल्लाहरुमा खाद्य तथा पोषण सुधारमा अलि धेरै काम गर्नुपर्ने देखिएको समेत बताउनुभयो ।
कर्णाली प्रदेश सामाविक विकास मन्त्रालय स्वास्थ्य महाशाख प्रमुख वृश बहादुर शाहीले उत्पादित खाद्य गुणस्तर मापन गर्ने ल्यावको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाहीले बाहिरबाट चामल लिएर खाने तर आफ्नो उत्पादित पोषणयुक्त खानाको प्रयोग नगर्ने प्रवित्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाले प्रदेशलाई नै अग्र्यानीक प्रदेशको रुपमा घोषणा गरिएपनि कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो ।
यसैबिच, कर्णालीका सरोकारवालाहरुले पोषण सुधारका लागि खाद्य सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छन ।
खाद्य तथा पोषण सुरक्षा सम्बन्धी प्रादेशिक सरोकारवालाहरु बिच शुक्रबार आयोजना गरिएको समन्वय बैठकमा सहभागी भएका उनिहरुले कृषि उत्पादनमा जोड दिन नीति परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन ।
उनिहरुले स्थानीय तहको कार्य क्षमता बढाएर जानुपर्ने भन्दै अनि मात्र खाद्य तथा पोषणमा सुधार हुने बताएका छन ।
कार्यक्रममा बोल्दै पोषण सुरक्षा कार्यक्रमका बजार व्यवस्थापक राज कुमार न्यौपानेले कृषि नीतिमा परिमार्जन गर्न आवश्यक रहेको भन्दै खाद्य सुरक्षा र पोषण सुधारमा पर्याप्त बजेट छुट्याउनुपर्ने बताउनुभयो ।
उहाले माथिल्लो कर्णालीका पाँचवटा जिल्लाहरुमा खाद्य तथा पोषण सुधारमा अलि धेरै काम गर्नुपर्ने देखिएको समेत बताउनुभयो ।
कर्णाली प्रदेश सामाविक विकास मन्त्रालय स्वास्थ्य महाशाख प्रमुख वृश बहादुर शाहीले उत्पादित खाद्य गुणस्तर मापन गर्ने ल्यावको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाहीले बाहिरबाट चामल लिएर खाने तर आफ्नो उत्पादित पोषणयुक्त खानाको प्रयोग नगर्ने प्रवित्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाले प्रदेशलाई नै अग्र्यानीक प्रदेशको रुपमा घोषणा गरिएपनि कार्यान्वयनमा चुनौती थपिएको बताउनु्भएको छ ।