नन्द कठायत ।
सुर्खेत, २३ फागुन (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले कर्णाली प्रदेशमा ठुलो विमान स्थल निर्माणको लागि उपयुक्त ठाउँ खोजी गरि विमानस्थलको काम अगाडी बढाउन सुझाव दिएका छन ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले ठुलो विमान स्थलका लागि नयाँ ठाउँ खोज्नुपर्ने सुझाव दिएका हुन ।
अहिले भएको विमानस्तल बढाउनेगरी बनाइएको योजनामा नागरिकको विरोध भएपछि नयाँ ठाउँको खोजी नै उपयुक्त हुने उनिहरुको सुझाव छ ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले कर्णालीको मुख्य केन्द्र वीरेन्द्रनगर नजिकको उपयुक्त ठाउँ खोजी गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाले प्रभावित क्षेत्रका नागरिकहरुसँग सहमती गरेर अहिलेकै विमान स्थललाई स्तरउन्नती गर्नुपर्ने भन्दै यदी नागरिकहरुले नमाने अर्को विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेश सभासदस्य पदमबहादुर रोकाय भने गत वर्ष सुर्खेत विमालस्थल विस्तारको लागि उपयुक्त ठाउँ खोजी गर्ने विषयमा छलफल भएपनि उपयुक्त ठाउँ नभेटिएकाले यही विमान स्थललाई नै अगाडि बढाउनुपर्ने बताउनुभयो ।
यता, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेश कुमार पन्थीले भने विमानस्तल विस्तारका लागि नयाँ ठाउँको खोजीका विषयमा छलफल नभएको बताउनुभयो ।
उहाँले स्थानीय नागरिकको अबरोधले विमानस्थल विस्तार र लगतसंकलन कार्य रोकीएको भन्दै नयाँ विमान स्तल बनाउने ठाउँको खोजी गर्ने वा यही विमानस्तललाई स्तरउन्नती गर्ने सन्दर्भमा सहजीकरणका लागि प्रदेश सरकारलाई चिठ्ठी पठाइएको जानकारी दिनुभयो ।
यस्तै कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हिरालाल रेग्मीले भने आफु जिल्ला प्रशासनमा हुदा प्रदेश सरकारले सहजीकरण समिति गठन गर्ने निणर्य भएको बताउनुभयो ।
विमान स्थल प्रभावित क्षेत्रका नागरिकले आफूहरूको उचित पुनस्र्थापना नभएसम्म विस्तारको काम गर्न नदिने बताइसकेका छन ।
स्थानीयले नागरिक सरोकार समिति नै गठन गरेर विस्तारको काम गर्न नदिने भन्दै स्थानीय, प्रदेश र संघ सरकारसम्म जानकारी नै गराइसकेका छन ।