सुतेकै ठाउँमा वडा अध्यक्ष मृत फेला

सुर्खेत, ४ असार (जागरण) । जाजरकोटमा वडा अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । कुसे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।
गए राती सुतेका वडा अध्यक्ष शनिबार आज बिहान मृत भेटिएका जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो ।
उहाँले वडा अध्यक्ष राती सुतेको र बिहान मृत भेटिएको भन्ने खबर आएपछि घटनास्थलतर्फ प्रहरी परिचालित गरिएको बताउनुभयो ।
घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा (माओवादी केन्द्र)बाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।