
सुर्खेत, २५ माघ ।
वीरेन्द्रनगर नगरपालिका लगायत अन्य विपद्बाट बढी प्रभावित हुनसक्ने ७ वटा स्थानीय तहहरुले विपद् व्यवस्थापनको क्षेत्रमा गरेका कार्यहरुको अनुभव आदान९प्रदान गरिएको छ ।
वीरेन्द्रनगरमा शुक्रबार आयोजित विपद पूर्वतयारी तथा प्रतिकार्यका लागि अन्तरपालिका स्तरिय सञ्जाल बिस्तार र अनुभव आदान प्रदान कार्यशालामामा अनुभव आदान प्रदान गरिएको हो । बैठकले सञ्जाल बिस्तार र अनुभव तथा सिकाई आदान प्रदान साझा मञ्च निर्माण र यसको प्रभावकारिता, प्रकोप तथा श्रोतको नक्शांकन सम्बन्धमा आगामी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला समन्वय समितिको आयोजना र सबै स्थानीय तहहरुको उपस्थितिमा आगामी फाल्गुन ११ गते लेकवेसी नगरपालिकामा हुने अन्तरपालिका समन्वयात्मक बैठकमा विपद् व्यवस्थापनलाई सहयोग हुने हेतुले अन्तरपालिका स्तरीय सञ्जाल बिस्तार र अनुभव आदान प्रदान गरिने साझा मञ्च बारेको प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यू।एन।डि।प को आर्थिक सहयोगमा संचालित सुपर २ परियोजना कर्णाली प्रदेशमा विषेश गरेर वितद् पुर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा काम गर्दै आईरहेको छ । परियोजना अन्तर्गत बैठकको आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षयता बीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले गर्नुभएको थियो भने कार्यक्रमको प्रुमुख अतिथि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष् एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले गर्नुभएको थियो ।बैठकमा वराहताल गां।पाका अध्यक्ष भीम बहादुर भण्डारी बीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बाँस्कोटा, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिल शर्मा, गैसस महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारु, अपाग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा, सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कंडेलसहित सात वटा पालिकाका विपत शखा प्रमुख र विपद् सम्पर्क ब्यक्तीहरुको सहभागिता थियो । कार्यक्रमको प्रश्तुती यू।एन।डि।पी सुपर २ परीयोजनाको राष्ट्रिय कार्यक्रम संयोजक सिद्धार्थ शर्मा,ले गर्नुभएको थियो ।
