
साउन २३, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी नागरिक सम्पर्कविहीन भएको पालिकाले जनाएको छ । उनीहरू भारतको उत्तराखण्ड राज्यको ग्राम बाकुडाबाट करिब १ किमि दूरीमा पर्ने मधेरा खटौला नजिक आएको पहिरोमा पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
सामाजिक सञ्जालमा वडा नम्बर–२ का १३ र अन्य केही वडाका व्यक्तिहरू सम्पर्कमा नभएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । रोजगारीका लागि गएका उनीहरू पहिरो गएकै ठाउँतिर भएको बुझिएको उनको भनाइ छ ।
पालिकाले खोजीको लागि प्रदेश र संघ सरकारलाई आग्रह गरेको छ ।

