पढाईलाई उमेरले छेक्दैन

मुना हमाल सुर्खेत, १६ पुस (जागरण)

इच्छा र चाहाना भएपछि पढाईलाई उमेरले छेक्दैन भन्ने उदारण वीरेन्द्रनगर पिपिराकी कमला रेग्मीले दिनुभएको छ । ३३ वर्षिया रेग्मीले आफ्नो छोरासंगै अहिले उच्च शिक्षा अध्ययन गरिरहनु भएको छ ।
वीरेन्द्रनगर पिपिराकी कमला रेग्मी । घर व्यवहारले रोकिएको पढाइ १४ वर्षपछि सुरु भयो । २०५८ सालमा १० कक्षामा पढ्दै गर्दा विवाह भएपछि उहाँले पढाई छोडनुु भएको थियो । छोरा काखमा हुुँदै दुःख गरेर २०६१ सालमा एसएलसी पास गर्नुभयो । छोरा जन्मिसकेपछि एसएलसी पास त हुुुनुभयो । तर फेरी पढाई रोकियो । त्यस बेलामा उच्च शिक्षा अध्ययन गर्ने सपना घरव्यवहार र घरेलु हिंसाको मारले पढाइ अधुरै रह्यो  । अधरो पढाईलाई पुरा गर्न उहाँ अहिले लाग्नुभएको छ । कक्षा ११ र १२ मा सुर्खेतमा कानुन विषय पढाइ हुन थालेपछि उहाँ उत्साह भएर यसै वर्षदेखि पढ्न सुरु गर्नुभयो । छोरा नि कक्षा ११मा संगै पढ्छन् । छोरालाई नै सहपाठी बनाएर उहाँले आफ्नो पढाई अघि बढाउनु भएको छ ।

पढाईलाई उमेरले छेक्दैन् । इच्छा र चाहाना भएपछि असम्वभ भने केही छैन् भन्ने उहादरण कमलाले दिनुभएको छ । विावह पछि रोकिएको पढाई उहाँका श्रीमानले पुरा गरिसक्नु भएको छ । अहिले श्रीमानकै सहयोगमा उहाँले आफ्नो पढाईलाई अघि बढाउनुभयो । वीरेन्द्रनगरस्थित एडभान्स बेटर स्कुलमा कक्षा ११ मा उहाँले कानुन अध्ययन गरिरहनु भएको छ । कमलाले जुन हिंसा पहिले सहनु परेको थियो, त्यसै पेरणाले नै आफु कानुन विषय पढेर अन्यायमा परेका महिलाहरुलाई कानुनी साहायता गर्ने उद्देश्यले पढ्न सुरु गरेको उहाँ बताउँहुन्छ ।
बाइट
जीवनका हरेक मोडमा संंघर्ष गर्दै उहाँले आफु यो स्थानसम्म आइपुग्नुभयो । त्यसैले घरपरिवाले उहाँ माथि गर्ने व्यवहार परिवर्तन भएको छ ।

कमलालाई पढ्न भने सजिलो छ । कहिलेकाहीँ घरव्यवहारले पढाइ छुट्यो भने के गर्ने भन्ने चिन्ता पनि छैन् । घरपारिवारको पूर्ण साथ छ । सबै भन्दा ठूलो सहयोेग त छोरा सुसान्तको छ । कमला पढ्न नगएको दिन, पढाइ भएको सबै नोट छोराले दिन्छन् । घरमा पनि छोराले आफुले जानेको सिकाउँछ ।

आफ्ना छोरीछोरी बराबर उमेरका विद्यार्थीहरुसंगै बसेर पढदा सूरुमा कमलालाई मात्र होइन छोरा सुसान्तलाई पनि आफ्नो आमासंगै विद्यालय पढ्न जाँदा अप्ठेरो लाग्थ्यो । तर अहिले सबै भन्दा खुशी र रमाइलो लाग्छ । आमा र छोराको सपना पढेर न्याय दिने भएकाले पनि छोरामा थप हौसला बढेको छ ।
सुन्नुहाेस अडियाे सहित