निजामती कर्मचारी संगठनले भेरीमा क्रियापुत्री हलसहितको प्रतिक्षालय निर्माण गर्दै


सुर्खेत, ७ बैशाख ।
नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसका अवसरमा जिल्ला कार्यसमिति सुर्खेतले शहिद स्मृति विश्रामस्थल (प्रतिक्षालय) निर्माणको थालनी गरेको छ ।
संगनको चौंतिसौं स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगर ११ समौझिघाट (भेरी) मा प्रतिक्षालय को शिलान्यास गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रतिक्षालयको शिलान्यास गर्नुभयो । क्रियापुत्री हल सहितको प्रतिक्षालय निर्माणले प्रदेश राजधानीमा बस्दै आएका र घर नभएका व्यक्तिका परिवारलाई सेवा पुग्ने भन्दै नगर प्रमुख ढकालले संगठनको कामको प्रशंसा गर्नुभयो । करिब दश लाख लागत क्रियापुत्री वस्न मिल्ने हलसहितको प्रतिक्षालय निर्माण सुरु गरिएको संगठन सुर्खेतका अध्यक्ष हेमन्त चुनाराले जानकारी दिनुभयो । उहाँका अनुसार साउन १५ भित्रमा प्रतिक्षालय निर्माण कार्यसकिसक्ने योजना रहेको छ ।
कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, ११ नं.का वडाअध्यक्ष खिमलाल देवकोटा, पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सचिवालय सदस्य डोर प्रसाद उपाध्याय, संगठका केन्द्रिय सदस्य .शंकर भट्टराई, कर्णाली प्रदेश अध्यक्ष टंक लामिछाने, आधाकारीक ट्रेड यूनीयन सुर्खेतका अध्यक्ष लाल बहादुर खत्री, लगायतको उपस्थिति रहेको थियो ।
यस्तै स्थापना दिवसकै अवसरमा नेगो बुलेटिन पनि प्रकाशन गरेको छ । जिल्ला कार्यसमिति सुर्खेतले प्रकाशन गरेको नेगो बुलेटिनको आज औपचारिक रुपमा विमोचन गरिएको छ । नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले एक कार्यक्रमकाबिच उक्त बुलेटिनको विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले निजामति कर्मचारी संगठनले कर्मचारीका हक हित संरक्षणका साथै सेवा प्रवाहमा समेत सहजता ल्याउने भूमिका खेलेको बताउनुभयो । यस्तै विमोजन कार्यक्रममा एमाले सुर्खेतका उपाध्यक्ष मोहन सिंह बडुवालले मूलुकको राजनीतिक परिवर्तनमा कर्मचारी संगठनको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अहिलेको व्यवस्थालाई सफल बनाउन पनि कर्मचारीहरुको भूमिका रहने बताउनुभयो । पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सचिवालय सदस्य डोर प्रसाद उपाध्यायले निजामति कर्मचारी संगठन कर्मचारीका हक हित स्थापित गर्नका लागि गठन भएको नेपालको जेठो संगठन भएको बताउँदै संगठनमा आवद्ध कर्मचारीहरु काम र व्यवहारमा उत्कृष्ठ हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रिय सदस्य शंकर भट्टराईले संघीय निजामति ऐन चाँडो ल्याउनुपर्ने बताउनुभयो ।