बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुर्खेत, ४ फागुन (जागरण) ।  सल्यानमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको त्रिवेणी गाउपालिका वडा नम्बर २ कारागिठी ज्यामिरे निवासी ४० बर्षिय कृष्ण वहादुर रानाको हत्या गरेको आरोपमा जेठो छोरा दुर्गा बहादुर रानालाई प्रहरीले प्रक्राउ गरेको हो । गत माघ २८ गते कुटपिट गरी घाइते भएका रानाको २९ गते बिहान मृत्यु भएको थियो । बुवाछोराको झगडा हुदाँ छोराले कुटपिट गरेर बुवाको हत्या गरेको खुल्न आएको सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताउनुभयो । अत्याधिक मादक पदार्थ९रक्सी० सेबन गर्ने गरेका बुवालाई छोरा दुर्गाले बारम्बार सम्झाउदा पनि नसम्झिएपछी आबेकमा आई छोराले बुवाको हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको हो । अत्याधिक रक्सी सेबन गरेका कृष्णले आफ्नी श्रीमती सग झगडा गरि स्थानीय हेमराज पुनको घरमा गएपछी छोरा दुर्गाले बुवालाई घर जाउ भनी सम्झाउन खोज्दा नमानेपछि छोराले बुवालाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।