शंकर केसी
सल्यान, १२ असोज (रेडियो कपुरकोट) । युवाहरुको व्यक्तिगत, संस्थागत, सामाजिक र आर्थिक सशक्तिकरण गरि सुशासन प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले सल्यानमा युवा मञ्च गठन गरिएको छ । हरेक वडाबाट कम्तीमा एउटा युवा क्लवको प्रतिनिधीत्व हुने गरी जिल्लाका स्थानिय तहहरुमा पालिका स्तरिय मञ्च गठन गरिएको हो ।
सिद्ध कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकामा पालिका स्तरिय युवा मञ्च गठन गरिएको सुशासनका लागी नागरिक सहभागीता कार्यक्रमका जिल्ला संयोजक जि.एस. नेपालीले जानकारि दिनुभयो । ।
लगत्तै कालिमाटी र दार्मा गाउँपालिकामा पनि यस प्रकारको मञ्च गठन गरिने उहाँले जानकारी दिनुभएको छ ।