सीपि कार्की ।
सुर्खेत, २४ असार (रेडियो भेरीगंगा) । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्वर ७ का महिलाहरुलाई विभिन्न तालिम दिएर स्वरोजगार उन्मुख गराइएको छ ।
सिलाइकटाई होजियारी, कम्प्युटर र बासको मुढा सम्बन्धि सीप सिकाएर स्वरोजगार उन्मुख गराइएको हो ।
तालिममा सहभागी भएका महिलाहरुले आफुहरुले सिकेका सीप अब व्यवहारमा लागु गर्ने बताएका छन ।
उनिहरुले आफुहरुलाई नगरपालिकाले दिएको यो तालिमले केही गर्न सकिने उत्प्रेरेरणा मिलेको बताएका छन ।
समापन कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका उपप्रमुख रेणु आचार्यले गरिबिको रेखामुनि रहेका महिलाहरुलाई स्वरोजगार बनाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिका वडा नम्बर ७ का ४७ जना महिलाहरुले तालिम लिएका छन । सिलाईकटाई तालिमको प्रशिक्षक केशब दमाई, वास मुढा तथा सजावट सामाग्रीका प्रशिक्षक विशाल आचार्य,कम्प्युटर प्रशिक्षक प्रेम बहादुर खत्री र होजियार प्रशिक्षक महेश्वरी शाही रहेका थिए ।
प्रबिधि हस्तान्तरण ३९० घण्टे सिलाईकटाई तालिममा ६ जनालाई मेसिन साथै होजियारी र बास मुढाका प्रत्येक उद्यमीहरुलाई पनि प्रबिधि हस्तान्तरण गरिएको थियो ।
तालिम भेरीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर मिजारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
भेरीगंगा नगरपालिकाको कार्यालय उद्योग विकास शाखाको आयोजनामा संचालित गरीबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरगत सम्पन्न गरिएको हो ।