दैलेखमा पर्यटन क्षेत्रमा उल्लेख्य प्रगती

भावना हमाल
दैलेख, २९ असोज (रेडियो धुव्रतारा) । दैलेखमा पर्यटन क्षेत्रमा उल्लेख्य प्रगती भएको वन डिभिजन कार्यालय दैलेखले जनाएको छ । कर्णाली प्रदेश उद्योग पर्यटन वनत तथा वातावरण मन्त्रालयको सहयोगमा संचालन गरिएको पर्यटन सम्बन्धीका कामहरु उत्साहजन भएको जानकारी गराइएको हो ।
मन्त्रालयले वन डिभिजन कार्यालय मार्फत दैलेखका विभिन्न पर्यटकीय क्षेत्रहरुमा पार्क बनाउने, गुराँस संरक्षण लगायतका कामहरु संचालन गरेको थियो ।
डिभिजन वन कार्यालय दैलेखका सहायक वन अधिकृत नवराज पौडेलले मन्त्रालयबाट आएको बजेट दैलेखका विभिन्न ठाउँमा पर्यटक आकर्षण गर्ने खालका संरचना तयार गरिएको जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन देखी जडिबुटीको संरक्षण, भ्यु टावर निर्माण, पार्क निर्माण लगायतका कामहरु गरिएको उहाले जानकारी दिनुभयो ।
कार्यक्रम अन्र्तगत दैलेख गुराँस गाउँपालिकामा गुराँस संरक्षणका लागि वृक्षारोपन, भ्यु टावर निर्माणको काम संचालन, पार्क निर्माण गरिएको छ भने चामुण्डा बिन्द्रासैनीमा अल्लोको जुट उद्योग स्थापना, पुरानोबजराबाट श्रिस्थान जाने सडकका चकत्रा, ठाटिकाधँ ६ मा पर्यटकिय पार्क निर्माण, भगवतिमाई गाउँपालिकामा १ र २ मा पर्यटकिय पदमार्ग निर्माण गरिएको उहाले बताउनुभयो ।
मन्त्रालयले दैलेखका विभिन्न ठाउँको पर्यटन प्रवद्र्धनका लागि ४ करोड ७८ लाख भन्दा धेरै खर्च गरेको हो ।
यस्तै, वन डिभिजन कार्यालय दैलेखले गत आर्थिक बर्षमा संकलित रकम पनि पर्यटन र वनको क्षेत्रमा लगानी गरेको छ ।