पंखबहादुर शाही
सुर्खेत, ३ मंसिर (जागरण) । नेपाल खुल्ला दिशा मुक्त देशको रुपमा घोषणा गरिएको छ । तर कर्णालीमा अझैपनि नागरिकहरुले शौचालयको प्रयोगभन्दा बाहिर छन् ।
कर्णालीका ग्रामीण क्षेत्रमा अझैपनि शौचालयको प्रयोग नगर्ने नागरिकहरु रहेका छन् ।
कर्णाली प्रदेशमा तीन लाख सात हजार ९ सय ६५ शौचालय रहेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको तथ्याङ्कमा छ । तर ग्रामीण क्षेत्रका केही नागरिक अझैपनि शौचालयबिहिन छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबै नागरिकको घरमा शौचालय भएको तथ्याङ्क वीरेन्द्रनगर नगरपालिकासँग भएपनि राजधानीमा सार्बजनिक शौचालय भने सबै ठाउँमा छैन् ।
नगरपालिकाका उप–प्रमुख मोहनमाया भण्डारी (ढकाल)ले भने राजधानीका विभिन्न ठाउँहरुका यो बर्ष सार्बजनिक शौचालय स्थापना गर्न लागिएको कर्णाली रेबारलाई जानकारी दिनुभएको छ ।
उहाँले राजधानीको बढ्दो जनसँख्याका कारण शार्वजनिक शौचालय आवश्यकता बढ्दै गएको भन्द विभिन्न सरसफाईसँग सम्बन्धीत संघ सँस्थाहरु सँग मिलेर काम अघि बढाएको बताउनुभयो ।
यता प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले भने सरसफाईको क्षेत्रमा प्रदेश सरकारले परिणाम आउने खालका योजना बनाएको बताउनुभयो ।
मन्त्रालयको योजना शाखाका श्रीधर भट्टराईले चालु आर्थिक बर्षमा सरसफाईसँग सम्बन्धीत कार्यक्रमम प्रत्येक जिल्ला जिल्लामा गईसकेको बताउनुभयो ।
उहाले सार्वजनिक शौचालय स्थानीय तह सँगको सहकार्यमा निर्माण गरिने भन्दै अलि समय लाग्ने उहाले बताउनुभयो ।