कर्णाली प्रदेशमा २० बर्ष नपुग्दै गर्भवती हुनेको संख्या उच्च (अडियोसहित)

कृति शुवेदी
सुर्खेत, ५ मंसिर (जागरण)ं । कर्णाली प्रदेशमा २० बर्ष नपुग्दै गर्भवती हुनेको संख्या उच्च रहेको पाइएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाले दिएको जानकारी अनुसार १ लाख २७ हजार गर्भवती आमामध्य २७ प्रतिशत २० बर्ष नपुग्दै गर्भवती हुने गरेका हुन् । यो आर्थिक बर्ष २०७४÷०७५ देखि यताको तिन आर्थिक बर्षको तथ्याङ्क हो ।
प्रदेश सरकारले यसको न्युनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै महाशाखाका बाल अधिकृत डम्बर रोकायले बालश्रम न्युनिकरणलाई एउटा अभियाननै रुपमा सञ्चालन गरिएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।

बालबिबाह कम गर्न बिभिन्न सचेतनामुलक कार्यक्रम पनि संचालन गरिएको भन्दै उहाले प्रदेश सरकारले ‘बचत खाता छोरीको सुरक्षा, जीवन भरी’ को लगाएतका कार्यक्रम ल्याएको बताउनुभयो ।

अझै पनि कर्णालीका ६७ प्रतिशत बालबालीकाहरु कुनै न कुनै कार्यमा सँलग्न रहेको उहाले जानकारी दिनुभयो ।
अधिकाँश बालबालिकाहरु भारत लगाएत नेपालका नै विभिन्न खानीहरुका काम गरिरहेकोले बालश्रमको अबस्था उच्च देखिएको उहाको भनाई छ ।