स्वयमसेवी ट्राफिक सचेतना अभियान

कृती सुवेदी ।
सुर्खेत, २३ माघ (जागरण) । सवारी दुर्घटना कम गराउन भन्दै सुर्खेतको वीरेन्द्रनगरमा विद्यार्थीहरुले स्वयमसेवी रुपमा ट्राफिक नियम सम्वन्धी सचेतना अभियान सञ्चालन गरिएको छ ।

सवारी दुर्घटना व्यक्तीगत सतर्कता अपनाउँदा सवारी दुर्घटना कम हुने भन्दै नेतृत्व नामक संस्थाले विद्यार्थीहरुको माध्यमबाट ट्राफिक नियम सम्वन्धित सचेतनामूलक अभियान चलाएको हो ।

विभिन्न विषयमा संयमसेवी रुपमा सचेतना अभियान सञ्चालन गरेको नेतृत्वले ट्राफिक सचेतनाका लागि १३ दिन छुट्याएको छ ।

वीरेन्द्रनगरका विभिन्न विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीको सहायतामा अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष सुरेन्द्र चलाउनेले कर्णाली रैबारलाई बताउनुभयो ।

सडक पार गर्नु परेमा जेब्राक्रसिङ्गबाट नै पार गर्नुपर्छ भन्ने ज्ञान नभएका र ज्ञान भएकाले पनि व्यवहारमा लागू नगर्ने गरेपछि विशेषगरी यसै विषयलाई प्राथमिकताका साथ अभियानमा जोडिएको छ ।

ट्राफिक ज्ञानलाई व्यवहारमा लागू गराउन आफूहरुको अभियानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अर्का अभियानता सज्जन सिद्धिकीले बताउनुभयो ।

ट्राफिक सचेतना अभियान सञ्चालन गर्ने टोलीले विभिन्न विद्यालयमा पुगेर शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया समेत सञ्चालन गरेको थियो ।

त्यस क्रममा आफूहरुले विद्यालयस्तर देखि नै ट्राफिक सचेतना आवश्यक रहेको निष्कर्षमा पुगेको अभियानताहरुको भनाई छ ।