पीपल चौतारी नजिक स्मार्ट शौचालय

सुर्खेत, २४ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पिपल चौतारी नजिकमा स्वचालित शौचालय सञ्चालनमा आएको छ ।
आज देखि पिपल चौतारीमा पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त स्मार्ट शौचालय सञ्चालनमा आएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कर्णाली प्रदेशमै पहिलो स्मार्ट शौचालय सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले वीरेन्द्रनगरभित्र ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइने बताउनुभयो ।
सुवेदीले सार्वजनिक स्थलमा अपाङ्गता भएका र महिलामैत्री शौचालय नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
एसएनभीको ३७ लाख र वीरेन्द्रनगर नगरपालिका वडा नम्वर–९ को पाँच लाख रुपैयाँको लागतमा स्मार्ट शौचालय सञ्चालनमा आएको हो । एसएनभीले तीन वर्षसम्म सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने छ ।
त्यहाँ पिसाव गरेको पाँच रुपैयाँ र दिसा गरेको १० रुपैयाँ शुल्क लिइने छ । संकलित रकमबाट शौचालयको अगाडी पार्क बनाउने योजना बनाइएको छ ।