अमेरिकालाई नेपालले जित्यो

काठमाण्डौँ, २६ माघ (जागरण) । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले पहिलो जीत दर्ता गरेको छ ।
त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले पहिलो जीत दर्ता गरेको हो ।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।