काठमाण्डौँ, १७ फागुन (जागरण) । एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककमा नेपाल र मलेसियाबीचको खेल भएको हो ।
मलेसियाविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवातको लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।
नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ । यता, मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
त्यसैले नेपालले यस प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँकेको छैन । हालै हङकङविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।