सहकारीमार्फत् बाख्रापालन गर्दै वडा

केशर पुन ।
रुकुमपश्चिम, १९ जेठ (जागरण) । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा १ ले सहकारी मार्फत बाख्रा पालन सुरु गरेको छ । अति बिपन्न तथा लक्षित वर्ग आयआर्जन कार्यक्रम मार्फत १ सय २० वटा बाख्रा र ३ वटा बोका खरिद गरिएको हो ।

बाख्रा पालनका लागि अहिलेसम्म पक्रैयाँमा ७ वटा र बुकिचौरमा १ वटा गरी जम्मा ८ वटा खोर पुर्णरुपमा निर्माण गरिसकेको वडा अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो ।

दलित, जनजाति, पिछडिएका तथा अति बिपन्न बर्गलाई ब्यबसाहिक तथा आर्थिक रुपमा माथि उकास्ने उद्देश्यले बाख्रा पालन संचालन गरिएको छ ।