कर्णाली सरकारको विपत व्यवस्थापन प्रतिकार्य योजना के छ ?

कृति सुवेदी ।
सुर्खेत, ६ साउन (जागरण) । कर्णालीमा विपत व्यबस्थापनका लागि १० ओटै जिल्लामा वीपद व्यबस्थापन प्रतिकार्य टोलिहरु गठन गरिने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालको योजना अनुसार कर्णाली प्रदेशका १० ओटै जिल्लाका प्रत्येक वडामा विपद व्यबस्थापन तथा प्रतिकार्यका लागि सुरक्षा निकायको नेतृत्वमा प्रतिकार्य टोली गठन गर्न लागिएको हो ।
कर्णालीमा मनसुनका बेला सबैभन्दा मुख्य विपद बाढि पहिरो भएको भन्दै मन्त्रालयका सुभना अधिकारी कृष्ण बहादुर रोकायले राजमार्गहरुमा बाढी पहिरोको अवरोध हुन नदिन ३०÷३० मिटरको दूरीमा डोजरहरु तयारी अवस्थामा राखिनेगरी योजना बनाइएको कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले तत्काल आउनसक्ने बिपत्लाई ध्यानमा राख्दै सुरक्षा निकायलाई खटाइनेगरी तयारी गरिएको जानकारी दिनुभयो ।
कर्णालीमा बर्षायामको समयमा विभिन्न विपतबाट धनजनको क्षती हुने गरेको भन्दै मन्त्रालयले कुनैपनि मानविय क्षती हुन नदिनेगरी प्रतिकार्य योजना बनाएर कार्यान्वनमा लगिएको बताउनुभयो ।
यस्तै, उहाले २०७१ सालमा आएको बाढी पहिरो प्रभावितहरुको पुनःस्थापनको काम भइरहेको भन्दै कोभिड १९ का कारण त्यो काम रोकिएको जानकारी दिनुभयो । सुर्खेत लगायतका बाढी प्रभावितहरु कती पुःस्थापित भए भन्ने मन्त्रालयसँग एकिन तथ्याङ्क भने छैन् ।