सुर्खेतमा क्यान्सरका बिरामी बढे

सुर्खेत । सुर्खेतमा क्यान्सरका बिरामी बढेका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म दुई सय ३८ जना क्यान्सरका बिरामी भेटिएका हुन ।
सुर्खेतका ९ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएका छ ।
यो वर्ष वीरेन्द्रनगर नगरपालिकाबाट क्यान्सरका ३६ जना बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् ।
यस्तै लेकबेशी नगरपालिकाबाट ३० जना, क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् ।
उपचारमा सहुलियत पाउन थालेपछि क्यान्सरका बिरामीहरू खुल्न थालेको कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले जानकारी दिनुभयो ।