सुर्खेत, ७ भदौ (जागरण) । कर्णाली प्रदेशमा अहिलेसम्म ५१ हजारभन्दा धेरैको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
कोरोना परिक्षण शुरु गरिएदेखि हालसम्म ५१ हजार ३ सय ७८ जनाको पिसिआर परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
परिक्षणको दायरा बढाउँदै लगेको कर्णाली सरकारले प्रदेशका २० प्रतिशत जनसंख्यालाई परिक्षण गर्ने गरी योजना बनाइएको बताएको छ ।
मन्त्रालयका स्वास्थ्य महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कंडेलले पछिल्लो २४ घण्टामा मात्र करिब २ हजारको नुमना परिक्षण गरिएको जानकारी दिनुभयो ।
उहाले कर्णालीमा एक सय ११ वटा हेल्थ डेस्कबाट करिब २ लाख ४० हजारको जाँच गरिएको बताउनुभयो ।
उहाँका अनुसार भारत लगायतबाट अहिलेसम्म ३० हजारभन्दा धेरै नागरिक फर्किएका छन् भने ६ सय ६ जना क्वारेन्टीनमा रहेका छन् ।