कर्णाली प्रदेशमा बालिका माथि हुने हिंसा बढ्दै

नन्द कठायत ।
सुर्खेत, २२ असोज (जागरण) । कर्णाली प्रदेशमा बालिका माथि हुने हिंसा बढ्दो क्रममा रहेको पाइएको छ ।
यो चालु आर्थिक वर्षको चार महिनामा मात्रै बालिकामाथी जबरजस्तीकरणी उद्योगका १९ वटा घटना दार्ता भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ ।
कर्णालीमा बाल यौन दुराचारका घटना पछिल्लो समय बढ्दो क्रममा रहेको प्रदेश प्रहरी कार्यलयका प्रवक्ता राजेशनाथ बास्तोलाले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
प्रहरीले गत वर्षमा मात्रै बालीका माथि ८३ वटा घटनामा संलग्न अपराधिलाई मुद्धा चलाएको छ ।
यो वर्षको चार महिनामा मात्र १९ जनालाई प्रक्राउ गरी मुद्धा चलाएको प्रवक्ता बास्तोलाले बताउनुभयो ।
कर्णालीका प्रदेशका अन्य जिल्लाहरुको तुलनामा सुर्खेत, दैलेख, सल्यान, र कालिकोटमा सबैभन्दा धेरै बालिका माथि हिंसाका घटना भएका उहाँले ताउनुभयो ।
बालिका माथि हुने हिंसा न्यूनीकरणमा प्रहरी प्रशासनले मात्र सम्भव नहुने भन्दै सम्पूर्ण सरोकारवाल निकाय एक भएर लाग्नु पर्ने उहाँको भनाइ छ ।
बालीका माथि हुने हिंसा न्युनिकरणमा अभिभावकको मुख्य भूमिका हुने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई निगरनी राख्नु आवश्यक रहेको वास्तोलाले बताउनुभयो ।