कर्णाली प्रदेशमा ठुला उद्योगमा लगानीको आवश्यकता

सुर्खेत, १० मंसिर (जागरण) । कर्णालीमा प्राकृतिक श्रोत साधनहरु हुँदाहुँदैपनि विद्युतको अभावमा ठुला उद्योगहरु संचालन गर्न नसकिएको कर्णाली प्रदेशले जनाएको छ ।
कर्णालीमा विद्युत सँगै जनशक्ती, आर्थिक लगानी गर्ने व्यक्तीहरुको कमी हुँदा उद्योग संचालन गर्न कठिनाई भएको बताएको हो ।
छैटौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रि नन्द सिहं बुढाले उद्योग स्थापना गर्न कठिन हुँदा युवाहरुलाई भनेजती रोजगारी सृजना गर्न नसकिएको बताउनुभयो ।
विपन्न वर्गको आर्थिक स्थिति सुधार गर्न कर्णालीमा ठुला उद्योगहरुको स्थापना गर्न आवश्यक रहेको भन्दै उहाले लगानीकर्तालाई कर्णालीमा उद्योग क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
महिला, दलित, युवा सबैलाई समेट्ने गरि धेरै रोजगारीका योजना ल्याएपनि पुरा गर्न नसक्नु आफ्नो मन्त्रालयको कमजोरी भएको उहाले बताउनुभयो ।
उद्योगमा लगानी र समृद्ध कर्णाली निर्माणका लागी प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय सहकार्य गर्न सधै तयार रहेको मन्त्रालयले जनाएको छ ।
यो वर्ष कृषि संग सम्बन्धित अनुदानका कार्यक्रम, लघु तथा घरेलु अनुदान, पर्यटन, मेसिनरी औजारको अनुदान जस्ता कार्यक्रम ल्याइएको मन्त्रि बुढाको भनाई छ ।
कर्णाली प्रदेशमा ठुला उद्योगहरुको संख्या शुन्य छ ।