कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, १३ मंसिर (जागरण) । कर्णाली प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कर्णाली प्रदेशमा ९२ हजार ३ सय ३ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ६ हजार ८ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज थप २७ जना कोरोनामुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना मुक्त हुनेको संख्या ६ हजार २ सय ३२ जना पुगेको छ ।
अब कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ३ जना रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना भाइरसको संका लागेका व्यक्तिहरुलाइ पिसिआर परिक्षणका लागि स्वाब दिन सल्यानको कपुरकोट गाउंपालिकाले अनुरोध गरेको छ ।
कोरोना भाइरसबाट नागरिकहरुलाइ सुरक्षित राख्न सुरु देखि नै विभिन्न कदमहरु चाल्दै आएको जनाउदै गाउंपालिकाले कोरोना भाइरसको संका लागेकाहरुलाइ स्वाब दिन आग्रह गरेको हो । सल्यानबाट शकर केसीको सहयोगमा ।