कृष्ण शर्मा ।
दैलेख, ४ पुष (रेडियो ध्रुवतारा) । दैलेखमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने र एक घाईते भएका छन ।
चामुन्डाबिन्द्रासैनि नगरपालिका वडा नं. ९ की भद्रा नेपाली र बुद्दी नेपाली माटोको ढिस्को संग पुरीएका हुन ।
ढिस्कोले पुरिएका घाइते दूवै जनालाइ उपचारको लागि बिन्द्रासैनि स्वास्थ्य चौकी पठाइएको थियो । उपचारकै क्रममा भद्रा नेपालीको मृत्यु भएको हो ।
सोही ठाउँकी अर्का घाइते बुद्दी नेपालीको भने उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनिहरु घर लिप्ने माटो लिन गएका प्रहरीले जनाएको छ ।