डोल्पा पाँच दिनको लागि शिल

डोल्पा, १९ पुष (जागरण) । डोल्पामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि पाँच दिनका लागि निषेधाज्ञा गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले एक सुचना जारि गर्दै पुस भोलीखि पुस २३ गते सम्म सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा निषेधाज्ञा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले सदरमुकाम र आसपासका क्षेत्रमा भिडभाड धेरै हुने गरेकाले कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दैँ गएपछि उक्त क्षेत्रहरुमा कोरोना संक्रमाण दर बढ्दैँ गएकाले पाँच दिन निषेधाज्ञा गरिएको कर्णाली रैबारसँग बताउनुभयो ।
आइतबार देखी सम्बन्धित क्षेत्रहरुमा जमघट, भेला, सेमिनार, समिक्षा, गोष्ठी, छलफल जस्ता कार्यनर्गन भन्दै पूर्व लोचा खोला देखी पश्चिम शुलिर्गाड, उत्तरमा भेरी पारिको सम्पूणर् बस्ति अस्पताल क्षेत्र र दक्षिण तिप्ला जानेबाटो चार किल्ला तोकेर निषेधाज्ञा गरिएको उहाले जानकारी दिनुभयो ।
उक्त नियमको पालना नगरी उलंघन गरेको भेटिएमा संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवार्ही गरिने अधिकारी ढकालले बताउनुभयो ।
जिल्लामा कोराना भाइरस संक्रमितको संख्याले उच्च जोखिम बढि रहेको बेलामा नागरिकले खेलाची रुपमा लिन थालेपछि संक्रमणले ठुलो रुप नलगोस र नियन्त्रण गर्न सकियोस भन्ने उद्देश्यका साथ निषेधाज्ञा गरिएको उहाको भनाई छ ।