कर्णालीको परिवेशलाई समेटेर पाठ्यक्रम बनाउँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

नन्द कठायत ।
सुर्खेत, २५ पुष (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कर्णालीको परिवेशलाई समेटेर पाठ्यक्रम तयार गरिने भएको छ ।
विद्यार्थिहरुलाई अन्तराष्ट्रिय बजारमा विकाउन नयाँ कोर्ष बनाएर जाने भएको हो । विगतमा विश्वविद्यालयको अवस्था नाजुक रहेको भन्दै नयाँ योजनाका साथ अगाडी बढ्ने विश्वविद्यालयले बताएको छ ।
विगतमा अस्तव्यस्तता बन्दै गएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय पछिल्लो समय शैक्षिक क्षेत्रमा एकिकृत भिजन बनाएर अगाडि बढेको उपकुलपती नन्द बहादुर सिंहले कर्णाली रैबारलाई बताउनुभयो ।
गरिब नागरिकका छोराछोरी सस्तोमा पढ्न सकुन भने उद्दश्यले गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि १० प्रतिशत छात्रावृत्तिको व्यवस्था समेत गरिएको बताउनुभयो ।
उहाँले विगतमा भ्रष्टाचारको दलदलमा विश्वविद्यालयल फसेको भन्दै त्यसलाई उकास्न लागेको भन्दै राजनितिक थलो बनाउन नदिइने दाबी गर्नुभयो ।
कोरोना महामारीमा समेत विद्यालयहरुको पठपाठन नरोकिएको बताउँदै विश्वका २ सय विश्वविद्यालयमध्य मध्यपश्चिमा अञ्चल विश्वविद्यालय एक नम्बरमा पर्न सफल भएको जानकारी दिनुभयो
विश्वविद्यालयमा अबको चार महिनामा अहिलेको भन्दा धेरै परिवर्तन भइसक्ने दाबी उहाको छ ।