कर्णाली प्रदेशमा बर्ड फ्लु भित्रिन सक्ने जोखिम

टेकराज केसी ।
सुर्खेत, १९ माघ (जागरण) । कुखुरा एवं पंक्षीमा लाग्ने रोग बर्ड फ्लु नेपाल भित्रिएको पुष्टि भएसंगै कर्णाली प्रदेशमा भित्रिन नदिन पूर्व सुरक्षा सर्तकता अपनाउन थालेको छ ।
छिमेकी देश भारतमा फैलिरहेकोमा काठ्माण्डास्थित तारकेश्वर नगरपालिकाको एउटा फार्मका कुखुरा र हाँसमा बर्ड फ्लू संक्रमण भएको हिजो पुष्टि भएको थियो । बर्ड फ्लु संक्रमण देखिएपछि प्रदेशमा भित्रिन सक्ने उच्च सुरक्षा सतर्कता अपनाइएको प्रदेश पशु सेवा निर्देशनालय जनाएको छ ।
रुपैडिया नाका हुँदै बाँके बर्दीयामा कुखुराहरु आउने भएकाले बाहिरबाट कुखुरा ल्याउदा चेकजाँच गरेर मात्र ल्याउन निर्देशनालयले व्यवसायीहरुलाई आग्रह गरेको छ ।
निर्देशनालयका निमित्त प्रमुख मोहन गिरीले कुखुरा ल्याउँदा जाँच गरेर मात्र ल्याउने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।
यस्तै, पशुपंक्षी रोग अन्वेशन प्रयोगशालाका प्रमुख डाक्टर कृष्णराज पाण्डेले बाहिरबाट कुखुरा नल्याउन आग्रह गर्दै यदी ल्याउनै परे चेकजाँच गरेर मात्र ल्याउन कुखुरापालक किसानहरुलाई आग्रह गर्नुभयो ।
जैविक विधी अपनाएर कुखुरा पाल्न आग्रह गर्दै उहाँले काँही कतै ठुलो संख्यामा कुखुरा मरे भने नजिकको स्थानीय तहमा सम्पर्क गर्नुपर्ने बताउनुभयो । …आवाज…
उहाँले बर्ड फ्लु नेपालमा पनि भित्रिएको भन्दै मासुको प्रयोग गर्दा राम्रोसँग पकाएर खान सुझाव दिनुभयो ।
भारतमा बर्ड फ्लु बढ्दै गएको छ भने नेपालमा पनि त्यसको संक्रमण देखिन थालेको छ । बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ।
बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, यो रोग कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ । यो रोग मानिसमा पनि सर्न सक्छ । सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा बर्ड फ्लु देखिएको थियो ।