वडाले ल्यायो एम्बुलेन्स संचालनमा

सावित्रा उपाध्याय ।
सुर्खेत, १९ माघ (जागरण) । सुर्खेतको चिङ्गाड गाउँपालीका वडा नम्बर तीनले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ संसद विकास कोष र चिङ्गाड गाउँपालिकाको सहयोगमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।
संसद विकास कोषको तर्फबाट सांसद धु्रव कुमार शाहीको सिफारिसमा १३ लाख र वडाको १० लाख रकममा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रेशम बहादुर जिसीले बताउनुभयो ।
अध्यक्ष जिसीका अनुसार एम्बुलेन्स मटेला स्वास्थ्य चौकिबाट संचालन हुने छ । गाउँपालिकाभित्र मात्र नभएर अन्य छिमेकी पालिकाबाट समेत बिरामी बोक्न सहयोग पुग्ने जिसीले बताउनुभयो ।
गाउँपालिकाभित्रको भाडा ५ हजार ५ सय तोक्ने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । चिङ्गाड गाउँपालिकाले यसअघि पनि आफ्नै एम्बुलेन्स संचालन गर्दै आएको छ ।